दफा २५
खुलाउनु पर्ने विवरण वा संलग्न गर्नु पर्ने कागजात
यस परिच्छेद बमोजिम विदेशी राज्यले नेपाल सरकार समक्ष पारस्परिक कानूनी सहायताको लागि अनुरोध गर्दा आवश्यक हेरफेर सहित दफा १४ र १५ बमोजिमका व्यवस्थाहरु लागू हुनेछन् र सोही बमोजिम सम्बन्धित विदेशी राज्यले आवश्यक विवरण खुृलाउनु वा सम्बन्धित कागजात संलग्न गर्नु पर्नेछ ।